प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जेष्ठ २०७९
सवारी दुर्घटना
२०७९-०२-२३

कास्की, पोखरा महानगरपालिका २५ हेम्जा स्थित पोखरा बाग्लुङ सडक खण्डमा नौडाँडाबाट पोखरा तर्फ आउदै गरेको ग१०प ७६६६ नं.को मो.सा.(तिब्र गतिमा) अनियन्त्रित भई सडकको बिचको डिभाईडरमा ठोकिन गई दुर्घटना हुँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मणिपाल अस्पताल पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटि गई मो.सा. नियन्त्रणमा रहेको ।निम्न:-१. जिल्ला कास्की पोखरा २५ हेम्जा बस्ने वर्ष अन्दाजी ३५ को दिलिप कुँवर,अवस्था सिरीयस, उपचारमा आफन्त चिरिन्जिबि पौडेल (९८४६०४२४२४) रहेको ।२.ऐ.बस्ने वर्ष अन्दाजी २७ को अक्षय राज कुँवर, अवस्था सिरीयस रहेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०२-२०

कास्की, पोखरा महानगरपालिका ३० P.U. चोक स्थितमा लागूऔषध कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको सिविल टोलीले ग१७प ५७७१ नं.को स्कुटर चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुको साथमा नुर्फिन-२८ एम्पुल, डाईजापाम-२८ एम्पुल, फेनरागन-२८ एम्पुल गरी जम्मा ८४ एम्पुल लागूऔषध, स्क्रिन टच मोबाईल थान २ र ग१७प ५७७१ नं. को डियो स्कुटर थान १ सहित निजहरुलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।नियन्त्रणमा रहेका मानिसहरुः-१.जिल्ला कास्की पोखरा महानगरपालिका ३० P.U.चोक बस्ने वर्ष ३२ को बिष्णु पुन ।२.जिल्ला पर्सा बिरगंज महानगरपालिका २० हरपटगंज बस्ने वर्ष ३२ को तिर्थनारायण साह ।

विभिन्न सामान सहित मानिस नियन्त्रणमा
२०७९-०२-१९

बागलुङ, बडिगाड गाउँपालिका ३ हाडीखोलामा प्रहरीको चेकिङ टोलीले चेकजाच गर्ने क्रममा राजश्व नतिरेको, बिल नभएको निम्न ईलेक्ट्रोनिक सामानहरु लिई हिडिरहेको अवस्थामा निम्न मानिसहरु नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको । निम्न :-१. जिल्ला स्याङजा वालिङ न.पा. १३ बस्ने वर्ष ३८ को जिबलाल गैह्रै२. जिल्ला सर्लाही धनकौला गा.पा. ३ बस्ने चुनचुन मिश्रनिम्न सामानहरु :-१. विभिन्न कम्पनिको मोबाईल सेट – ५३ थान२. एयरफोन - ९५ थान३. मोबाईलको ब्याक कभर ३ थान४.विभिन्न कम्पनिको चार्जर ९१ पिस५. पवार बैङक १ थान६. डाटाकेबल १३२ पिस७. डाटाकेबल oppo usb cable 120 cm को 6 प्याकेट ।

सवारी दुर्घटना
२०७९-०२-१५

स्याङ्जा, वालिङ नगरपालिका-१० डुम्रीकोट स्थित सिद्वार्थ राजमार्गमा डुम्रीकोटबाट वालिङमोड तर्फ जादै गरेको ग ७ प १५९९ नं.को मोटरसाईकललाई ऐ. दिशाबाट जादैँ गरेको नखुलेको रातो कालो कलरको १५० सि.सि.को पल्सर मोटरसाईकलले ठक्कर दिदा ग ७ प १५९९ नं.को मोटरसाईकल चालक जिल्ला बारा घर भई हाल बालिङ नगरपालिका-१० मा मिस्त्री काम गर्ने वर्ष २० को राजु मुखिया घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको, अवस्था मध्यम, ठक्कर दिने मोटरसाईकल चालक फरार खोजतलास कार्य भईरहेको मोटरसाईकल प्रहरीको नियनत्रणमा रहेको ।

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०२-०८

कास्की, खटि गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई निम्न लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-१. पोखरा-२६ बहिरा स्कुल नजिकबाट पोखरा-१० रामबजार बस्ने बर्ष २७ को किशोर परियार,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल सहित निजले प्रयोग गर्ने ग१६प२२२६ नं.को स्कुटर, १ थान सामसुङ मोवाईल ।२. पोखरा-३१ लामास्वारबाट ऐ.बस्ने बर्ष ३० को बिक्की गुरुङ,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल र नाईट्रोभेट-१२ चक्की, १ थान रेडमी मोवाईल ।

नवलपरासी पूर्व: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०२-०८

नवलपरासी (पूर्व) विनयीत्रिबेणी गाउँपालिका २ दाउन्ने स्थितमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु २१ प ८३३७ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरुको साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी निजहरुलाई समेत नियन्त्रणमा थप अनुसन्धान भईरहेको ।निम्न मानिस हरु:-१) मो.सा.चालक जिल्ला चितवन भरतपुर महानगरपालिका १३ बस्ने बर्ष ३२ को लक्ष्मण भट्ट२) मो.सा.पछाडी सवार जिल्ला नवलपरासी(पुर्ब) कावासोती न.पा. १४ डण्डा बस्ने बर्ष २५ को निशान दर्जीनिम्न लागु औषधहरु:-१.फेनारगन:- ७८ एम्पुल २.डाइजापाम:-७३ एम्पुल ३.नुफिन :-७८ एम्पुल गरी जम्मा-२२९ एम्पुल

अधिक लोड >>
कम देखाउनुहोस् <<